

जहाँ समस्या त्यहाँ अर्घाखाँची कांग्रेस , पहिरो पिडितलाई राहत प्रदान





बसन्त पौडेल, ११ असोज अर्घाखाँची
अर्घाखाँची जिल्लको शितगंगा नगरपालिका बडा नं १२ को कोठिया मैदान जोख्ले गैरामा गएको पहिरोका कारण बिस्थापित भएका परिवारलाई नेपाली काँग्रेस जिल्ल कार्य समिती अर्घाखाँचीले राहत प्रदान गरेको छ । पार्टिले घरगोठ , अन्नपात , पशुचौपाय, अन्नपात , लात्ताकपडा समेत गुमाएका मानिसहरु भोकभोकै बस्नु नपरोस भन्नका लागी राहत प्रदान गरेको हो ।

जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् भने ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ । शितगंगा नगरपालिका वडा नम्बर १२ को मा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै विस्थापित भएको छ । नेपाली काँग्रेस अर्घाखाँचीले उक्त स्थानमा भएको अपुरणिय क्षति प्रति दुख ब्यक्त गर्दै राहत स्बरुप अतिनै समस्यामा परेका ३० घर परिवार लाई रहत प्रदान गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिती उपसभापति शान्ता भण्डारीले बताउनु भयो । काँग्रेसले रहात स्वरुप प्रति परिवार ३० के.जी चामल , दाल , नुन , तेल , लगाएत तत्काल आवश्यक खाद्यान्न प्रदान गरेको हो । स्थानियहरुले हर्षित हुदैँराहत ग्रहण गर्दै हाम्रो पर्टि काँग्रेस रहेको अनुभुती भएको भन्दै धन्याबाद ब्यक्त गरेका छन । राहत बितरण कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँची उपसभापति शान्ता भण्डारी , पुर्ब पार्टि सभापति तथा सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुषाल , जिल्ला सचिबद्धय छबिलाल पौडेल र बिष्णु भुषाल , माहासमिती सदस्य तथा शितगंगा नगर प्रमुख सुर्य अधिकारी , जिल्ला सदस्य माधब पौडेल , हेमन्त बेल्बासे , कृष्ण खनाल , मणिराम परियार ,सिता भुषाल , शितगंगा नगर संयोजक मोति बहादुर बेल्बासे , वडा अध्यक्षहरु बाबुराम गैरे ,दामोदर न्यौपाने ,हिम्मत पोख्रेल दामोदर न्यौपाने ,दामोदर अधिकारी , हेमनाथ भुषाल , नेपाली गाँग्रेस अर्घाखाँची सीतगंगा रुपन्देहि सम्र्पक समितीका अध्यक्ष बिष्णु पौडेल लगाएतको उपस्थिती रहेको थियो ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया