

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको जित



काठमाण्डौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । लामाचौर खेल मैदान गोस्टेघाटमा भएको समूह ‘बी’ अन्तरगतको खेलमा एपीएफले मधेस प्रदेशलाई ६–० गोलअन्तरले हराएको हो ।
पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा १–० को अग्रता लिएको भए पनि दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो । खेलको १२ औं मिनेटमा मधेस प्रदेशका रितिक खडकाले दोस्रो बार च्याप्दै प्रहार गरेको फ्रिकिकमा एपीएफका कप्तान टोपबहादुर विष्ट बाधक बन्दा मधेस अग्रता लिनबाट चुक्यो । खेलको २२ औं मिनेटमा एपीएफका टोप बहादुर विष्टको क्रसमा प्रदिप लामाको हेड क्रसबार नजिकैबाट बाहिरियो ।
त्यस्तै खेलको २४ औं मिनेटमा हरि कार्कीले प्रहार गरेको बल क्रसबार नजिकबाट बाहिरिदा एपीएफलाई गोल संख्या दोब्बर गर्ने अवसर गुमेको थियो । ३० औं मिनटमा मधेस प्रदेशका डिफेन्डरले एपीएफका प्रदिप लामालाई डिबक्स भित्र ट्याक्ल गरेपछि एपीएफले पेनाल्टीको अवसर पाएको हो । उक्त अवसरलाई आवास लामिछानेले चुक्न दिएन । उनले गरेको प्रहार मधेस प्रदेशका गोलरक्षक खुमबहादुर श्रेष्ठले बचाउ गर्न सकेन । ।त्योसँगै एपीएफ १–० गोलले अघि रह्यो ।
खेलको ३५ औं मिनेटमा एपीएफका सनिस श्रेष्ठले पास दिएको बललाई नवीन लामाले जालीको दिशा दिन सकेनन् । ४४ औं मिनेटमा मधेसका क्रिपाकान्त चौधरीले सेन्टरलाईबाट बल अघि बढाउँदै दिएको उत्कृष्ट पासलाई विवेक चौधरी फिनिसिङ गर्नबाट चुके ।
४८ औं मिनेटमा एपीएफका श्रनविक्रम बस्नेतको पासमा प्रदिप लामाको प्रहारलाई मधेस प्रदेशका गोलरक्षक खुम बहादुर श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ५९ औं मिनेटमा विकु तमाङले दिएको पासमा प्रदिप लामाले सहजै गोल गर्दै आफ्नो टीमको लागि गोल संख्या दोब्बर पारे ।
७१ औं मिनेटमा प्रदिप लामाले टर्निक गर्दै दिएको पासमा विकु तामाङले उत्कृट गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याए । खेलको ८१ औं मिनेटमा प्रदिप लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको अन्तिम अन्तिम मिनेटमा मणि लामा र युवराज खड्काले समान १र१ गोल गर्दे आफ्नो टीमको लागि गोल संख्या आधा दर्जन पुर्याएको हो ।
हारसँगै अंकविहीन बनेको मधेस प्रदेश लिग चरणबाटै बाहिरिएको छ । मधेसले यसअघि वाग्मतीसँग २–० को हार व्यहोरेको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया