
लुम्बिनीमा प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

रुपन्देही । लुम्बिनीमा प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले प्रदेश सरकार र प्रदेशअन्तर्गतका स्थानीय तहहरूका लागि खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्थाअनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको छ ।
योग्यता पुगेका आवेदकलाई अनलाइनमार्फत आवेदन दिन भनिएको छ । आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।
निजामती सेवा तथा स्थानीय सरकारी सेवाअन्तर्गत सहायकस्तर पाँचौं तहका (प्राविधिक) पदहरूको खुला तथा समावेशी प्रयोगात्मक परीक्षाको माग गर्दै सूचनामा छ । स्थानीय तहमा आ।प्र। तथा वढुवाद्वारा पदपूति हुने स्वास्थ्य सेवा, सहायक पाँचौं तहका पदहरुको माग गरिएको छ।
लोकसेवा आयोगले शैक्षिक योग्यता तथा उमेरसम्बन्धी निर्धारण गरेको योग्यता तथा उमेर रहेको छ । दरखास्त कार्तिक १७ देखि २३ गतेसम्म बुझाउनुपर्ने आयोगले जनाएको छ।
संघीय सरकारले कानून नबनाएकाले प्रदेशमा लोकसेवा आयोग गठन भएपछि तीन वर्षसम्म काम गर्न नपाएको आयोगका पदाधिकारीले गुनासो गर्दै आएका छन् । संघीय कानून नबन्दा प्राविधिक क्षेत्र करार र ज्यालादारीमा सामान्य कर्मचारी राखेर तीन वर्ष पुराएको छ ।
लुम्बिनीको प्रदेश लोकसेवा आयोग गठन भएको ३ वर्ष भए पनि पर्याप्त कर्मचारी नियुक्त गर्न सकेको छैन । २०७६ साल साउनमा लुम्बिनीमा प्रदेश लोकसेवा आयोग गठन भएको थियो ।
गत आर्थिक वर्षमा आयोगले १२३ कर्मचारी छनोट गरी स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ । जसमा १०६ जना वनरक्षक रहेका छन् ।
त्यस्तै सामान्य प्रशासनतर्फ ६ जना पाँचौं तहका र ११ जना चौथो तहका छन् । त्यसभन्दा अघिल्लो वर्ष प्राविधिकतर्फ स्वास्थ्य र इन्जिनियरतर्फ ९६ जना कर्मचारीको आवेदन माग गरिएको थियो । तर, इन्जिनियरहरूले अदालतमा मुद्दा दायर गरेकाले स्वास्थ्य क्षेत्रको पनि अन्तरिम आदेशले आवेदन रोक्का भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया