

अर्घाखाँचीमा पहिरोको जोखिम बढेपछि ५७ जनालाई सुरक्षित स्थानमा सारियो





अर्घाखाँची । पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा १४ घरका ५७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । घर वरपर जमिन चर्किने, घर माथिबाट लेदो बग्ने कारणले ती घर परिवारलाई प्रहरीले स्कुल, स्वास्थ्य चौकी र आफन्तको घरमा सारेको छ ।
सन्धिखर्क नगरपालिका–६ जगतका ३ घरका १३ जनालाई आफन्तको घरमा सारिएको छ । जगतका टामलाल सुनारका ६ जना, बाबुराम सुनारका श्रीमती र छोरा, गोपाल सुनारका ५ जनालाई आफन्तको घरमा लगेर राखिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनका अनुसार गोपाल र बाबुराम भारतमा रोजगारीमा छन् । उनीहरू तीनै जना दाजुभाइ हुन् । उनीहरूको घर वरपर जमिन चर्केका कारण पहिरोको उच्च जोखिम भएकोले तत्काल सुरक्षित स्थानमा सारिएको उनले बताए ।
यस्तै छत्रदेव गाउँपालिकामा १० घर परिवारका ३१ जना घर छाडेर अन्यत्र गएका छन् । वडा नम्बर ८ मा ८ घरका ३१ जना र वडा ५ को २ घरका ११ जनालाई स्थानीय सरस्वती मावि भुस्खातामा सारिएको प्रहरी निरीक्षक पौडेलले बताए । यस्तै पाणिनी गाउँपालिका वडा नम्बर–८ मा पनि पहिरोको जोखिम भएपछि १ घरका दुईजनालाई सुरक्षित स्थानमा राखिएको छ ।
लगातार तीन दिनदेखिको अविरल वर्षाले जोखिम बढेपछि अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न जिल्लावासीलाई अर्घाखाँची प्रहरीले सूचना समेत जारी गरेको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया