

गुल्मीमा भएको जीप दुर्घटनाका घाइतेलाई पाल्पा र बुटवल पठाइयो



गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै जीप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि पाल्पा र बुटवल पठाइएको छ ।
रेसुंगा नगरपालिका ४ अन्तर्गत अर्खलेको ठाडढुंगामा हिजो मङ्गलवार राति लु १ ज ४४४८ नम्बरको जीप दुर्घटना हुँदा दस जना यात्रु घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरका जीप चालक २६ वर्षीय कृष्ण सुनार र रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ का ३५ वर्षीय देवकला अर्याललाई थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।
सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको छ । सुनारलाई पाल्पा र अर्याललाई सिटी स्क्यानका लागि बुटवल पठाइएको यादवले बताउनुभयो ।
दुर्घटनाका अन्य घाइते भने सामान्य उपचारपछि आजै घर फर्किसकेका प्रहरीले जनाएको छ । पानी परिरहेको र सडक चिप्लो भएका कारण गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया