

गुल्मीमा भएको जीप दुर्घटनाका घाइतेलाई पाल्पा र बुटवल पठाइयो



गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै जीप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि पाल्पा र बुटवल पठाइएको छ ।
रेसुंगा नगरपालिका ४ अन्तर्गत अर्खलेको ठाडढुंगामा हिजो मङ्गलवार राति लु १ ज ४४४८ नम्बरको जीप दुर्घटना हुँदा दस जना यात्रु घाइते भएका थिए । दुर्घटनामा घाइते भएकामध्ये गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरका जीप चालक २६ वर्षीय कृष्ण सुनार र रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ का ३५ वर्षीय देवकला अर्याललाई थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।
सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको छ । सुनारलाई पाल्पा र अर्याललाई सिटी स्क्यानका लागि बुटवल पठाइएको यादवले बताउनुभयो ।
दुर्घटनाका अन्य घाइते भने सामान्य उपचारपछि आजै घर फर्किसकेका प्रहरीले जनाएको छ । पानी परिरहेको र सडक चिप्लो भएका कारण गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाइ छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया