

प्रथम मोतिपुर फुलबारी कप फुटबलको उपाधि डिएमसीले जित्यो


कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा जारी प्रथम मोतिपुर फुलबारी कप फुटबलको उपाधी डिएमसी तुल्सिपुर तिलोत्तमाले जितेको छ । आज भएको फाइनल भिडन्तमा डिएमसीले युनाइटेड एफसी पडरिया कपिलवस्तुलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा डिएमसीले पहिलो हाफमा एक गोल गरेको थियो भने खेलको दोस्रो हाफमा थप एक गोल गरेको हो । युनाइटेडले गोलका लागि धेरै अवसर पाए पनि गोल गर्न सकेन । युनाइटेडले उपबिजेतामा चित्त बुझाएको छ ।
विजेता बनेको डिएमसी तुल्सिीपुरले नगद ७० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ भने उप बिजेता बनेको युनाइटेडले नगद ३० हजार सहित कप मेडल र प्रमाणपत्र पाएको छ ।
जारी प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । बिजया दशमीको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित प्रगतिशिल युवा क्लवले प्रतियोसिगताको आयोजना गरेको थियो ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया