

लुम्बिनी प्रदेशले जित्यो सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबलकाे उपाधि

धनगढी — लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराएको हो ।

सुदूरपश्चिम राजधानी कपको उपाधि विजेता लुम्बिनी प्रदेशका खेलाडी । तस्बिर सौजन्य : आयोजक
पेनाल्टी शुटआउटमा दुवैबाट ९–९ गोल भएको थियो । त्यसअघि निर्धारित समयसम्म दुवैले १–१ को बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा निर्धारित समयको खेल बराबरीमा पुगेपछि निर्णय पेनाल्टी शुटआउटमा गरिएको हो ।
लुम्बिनीले ५ लाख रुपैयाँसहित ट्रफी जितेको छ । उपविजेता कर्णालीले ३ लाख रुपैयाँ पायो । उत्कृष्ट खेलाडी लुम्बिनीका फागुराम चौधरी भए । उनले २० हजार पाए । उत्कृष्ट डिफेन्डर लुम्बिनीका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णालीका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णालीका चन्द्रप्रकाश शाही, उत्कृष्ट मिडफिल्डर कर्णालीका भूपेन्द्र शाही चुनिए । उनीहरू जनही १० हजार पुरस्कार पाए ।
अत्तरियाको पीएफए स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिता भएको हो । असोज पहिलो साताको अविरल वर्षाले खेलका सुरुआती चरणमा बाधा उत्पन्न गरेको थियो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया