

लायन्स कपिलवस्तुले भन्यो, ‘साइकल प्लाङ्क ब्यालेन्स’ प्रतियोगिताको सबै तयारी पुरा


राजेन्द्र खनाल, कपिलवस्तु। लायन्स क्लव अफ कपिलवस्तुले आयोजना तयारी गरेको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियागिताको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
असोज १५ गते अर्थात भोली (शनिबार) आयोजना हुन लागेको सो प्रतियोगिताका लागि बाणगंगा नगरपालिका वडा नम्बर ३ स्थित राजापानी सामुदायिक वन क्षेत्र भित्रको राजापानी पोखरीमा लान्स क्लव अफ कपिलवस्तुले नेपालमै पहिलो पटक यो प्रतियागिता आयोजना गर्न लागेको हो ।
चार फुट गहिराइ रहेको पोखरीमा करिब ५० मटिर लम्बाइमा नौ इन्चीको ट्रयाक्मा साइकल कुदाउने प्रतियोगिताका लागि २५० बढीले सहभागिता जनाउँदै छन् । यो प्रतियोगिता तयारीबारे लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष राम सुभागे थारुले भनेका छन्, नेपालमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेका छौँ, यसले कपिलवस्तुमा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास हाम्रो छ ।
प्रतियोगिताको तयारीबारे लायन्स क्लव अफ कपिलवस्तुका प्रेस संयोजक नबराज बेल्वासेले प्रतियोगिता रोचक हुने भन्दै बिजया दशमीको अवसरमा लायन्स क्लव अफ कपिलवस्तुले केही नयाँ गर्ने योजनाका साथ यो प्रतियोगिता गर्न लागेको बताए ।
यस्तै शनिबार बिहान १० बजे राजापानीमा कार्यक्रम सुरु हुने लायन्स क्लव अफ कपिलवस्तुले जनाएको छ । प्रतियोगितामा बिजेता बन्नेले नगद ५० हजार पुरस्कार पाउने छन भने दोस्रो हुनेका लागि नगद २५ हजार र तृतीय हुनेले १५ हजार पुरस्कार रहेको छ । यस्तै प्रतियोगितामा सान्त्वना स्थान ल्याउनेका लागि लायन्सले स्मार्ट वाच पुरस्कार पाउने प्रयोगिताका संयोजक विष्णु घिमिरेले बताए ।
यस्तै प्रतियोगिता रमाइलो, सुरक्षित हुने छ भने सहभागिता जनाउने प्रतियागिका लागि लायन्सले सेफ्टी हेल्मेट, लाइफ ज्याकेटको समेत व्यवस्था गरिएको अध्यक्ष थारुले बताएका छन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया