

सरेपानी सामुदायिक वनको १४ औँ साधारणसभा सम्पन्न





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडरिया स्थित सरेपानी सामुदायिक वनको १४ औँ साधारणसभा सम्पन्न भएको छ । वन कार्यसमितिले संस्थाले आयोजना गरेको १४ औँ वार्षिक साधारण सभा सँगै पाँचौ अधिवेशन अन्र्तगत आज साधारण सभा मत्रै सम्पन्न भएको हो । अधिवेशनका लागि आकाक्षिहरु धेरै भएपछि असोज २५ गतेका लागी अधिवेशनको मिति तय भएको जनाइएको छ ।
सम्पन्न साधारण सभा कार्याक्रममा सरेपानि सामुदायिक वन कार्यसमितिका अध्यक्ष गिरबहादुर गुरुङ्को अध्यक्षता सहित सब डिभिजन वन कार्यालय गोरुसिँगेका सहायक वन अधिकृत बसन्त थापाको प्रमूख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा वन कार्यसमिति कोषाध्यक्ष मेनका भुसाल थारुको आर्थिक प्रतिवेदन तथा अध्यक्ष गिरबहादुर गुरुङले आगामी वर्षको योजना प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभा कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य चुरामणी अर्याल, विभिन्न सामुदायिक वनक प्रमूखहरु, पत्रकार सहित वन उपभोक्ता समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाबाट वन समितिले काठको कटान मुछान प्रस्ताव पारित गरेको छ भने आगामी आर्थिक वर्षको वार्षिक निति तथा कार्यक्रम र बजेट पनि स्विकृत गरेको छ । यस्तै वन हेरालुको पारिश्रमीक बृद्धी गर्ने सम्बन्धमा ल्याइएको प्रस्तावलाई पनि साधारण सभामा पेश गरी स्विकृत गरिएको जनाइएको छ । यस्तै सामुदायिक वनको भवन निर्माणका लागि स्थल छनोट गर्ने गरी तयारी अगाडी बढेको वनका अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया