सरेपानी सामुदायिक वनको १४ औँ साधारणसभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ पडरिया स्थित सरेपानी सामुदायिक वनको १४ औँ साधारणसभा सम्पन्न भएको छ । वन कार्यसमितिले संस्थाले आयोजना गरेको १४ औँ वार्षिक साधारण सभा सँगै पाँचौ अधिवेशन अन्र्तगत आज साधारण सभा मत्रै सम्पन्न भएको हो । अधिवेशनका लागि आकाक्षिहरु धेरै भएपछि असोज २५ गतेका लागी अधिवेशनको मिति तय भएको जनाइएको छ ।

सम्पन्न साधारण सभा कार्याक्रममा सरेपानि सामुदायिक वन कार्यसमितिका अध्यक्ष गिरबहादुर गुरुङ्को अध्यक्षता सहित सब डिभिजन वन कार्यालय गोरुसिँगेका सहायक वन अधिकृत बसन्त थापाको प्रमूख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा वन कार्यसमिति कोषाध्यक्ष मेनका भुसाल थारुको आर्थिक प्रतिवेदन तथा अध्यक्ष गिरबहादुर गुरुङले आगामी वर्षको योजना प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभा कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य चुरामणी अर्याल, विभिन्न सामुदायिक वनक प्रमूखहरु, पत्रकार सहित वन उपभोक्ता समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभाबाट वन समितिले काठको कटान मुछान प्रस्ताव पारित गरेको छ भने आगामी आर्थिक वर्षको वार्षिक निति तथा कार्यक्रम र बजेट पनि स्विकृत गरेको छ । यस्तै वन हेरालुको पारिश्रमीक बृद्धी गर्ने सम्बन्धमा ल्याइएको प्रस्तावलाई पनि साधारण सभामा पेश गरी स्विकृत गरिएको जनाइएको छ । यस्तै सामुदायिक वनको भवन निर्माणका लागि स्थल छनोट गर्ने गरी तयारी अगाडी बढेको वनका अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

खबर सबै