

बाणगंगा ९ का अजयले दिलाए कपिलवस्तुलाई गोल्ड मेडल

राजेन्द्र खनाल, कपिलवस्तु । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद २०७९ को छनौटका लागि भएको लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा कपिलवस्तुको बाणगंगा ९ का अजय पाण्डेले जिल्लाका लागि गोल्ड मेडल (स्वर्ण पदक) दिलाएका छन् ।
बिहिबार दाङको बेलझुण्डीमा भएको प्रदेश स्तरीय छनौटमा पाण्डेले १० किलोमिटरको दौडमा अन्य १२ जिल्लाका प्रतिश्प्रधिलाई पछि पार्दै कपिलवस्तुका लागि स्वर्ण पदक हात पार्न सफल भएका हुन । उनी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भलवाडका हुन् । उनको गोल्ड मेडल सँगै कपिलवस्तु जिल्ला सम्पन्न प्रतियागितामा तेस्रो स्थान ल्याउन सफल भएको छ । पाण्डे सँगै सो प्रतियागितामा जिल्लाका अन्य तीन प्रतिश्प्रधिले पनि स्वर्ण पदक हात पारेका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेलझुण्डीमा भएको प्रतियोगितामा कपिलवस्तु जिल्ला चार स्वर्ण, चार रजत र दुई काश्य पदक हात पार्दै तेस्रो भएको छ । कपिलवस्तुका लागि गोल्ड मेडल हात पारेका अजयले प्रदेश स्तरको छनोट चरण पार गरेका छन् ।
पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अब आफूले अघि बढेको उनले बताएका छन् । अब बाँकी तयारीलाई घनीभूत रूपमा पूर्णता दिने, कहीँकतै कमी–कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो बनाउने गरी लाग्नेछु, उनले भनेका छन् ।”


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन








प्रतिक्रिया