

चाडपर्व लक्षित कार्यक्रम : प्रहरीले बनाउने भयो लुम्बिनी प्रदेशमा यात्रु सहायता कक्ष



रुपन्देही । चाडपर्व नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा ट्राफिक व्यवस्थापनका लागि प्रहरीले गृहकार्य थालेको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले चाडपर्व लक्षित कार्यक्रम ल्याउने तयारी गरेको हो ।
प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्रसिंङ थापाका अनुसार ट्राफिक प्रहरी कार्यालयले यात्रुको चाप हुने ठाउँमा यात्रु सहायता कक्ष निर्माण गर्नेछ । यात्रु सहायता कक्षबाट प्रहरीले यात्रुलाई गन्तव्यमा जान सघाउने छ ।
सवारी साधन चालकले यात्रुलाई बढी भाडा लिने, एक सिटमा धेरैलाई टिकट कटाउने, मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई निगरानीमा राखेर कारवाही गरिने थापाले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई चेकजाँच गर्न नयाँ ब्रेथलाईजर मेशिन खरिद गरिएको पनि उनले जानकारी दिए । गत वर्ष लुम्बिनी प्रदेशमा ४५ वटा यात्रु सहायता कक्ष निर्माण गरिएको भएपनि अहिले यात्रुको चाप अनुसार थप्न सकिने उनले उल्लेख गरे ।
घटस्थापनाको केही दिनअघि देखि छड पर्वसम्म चाडपर्व लक्षित कार्यक्रम गरिने थापाले बताए । उनका अुनसार नर्मल चेकजाँच र आकस्मिक चेकजाँच दुबै गरिने छ । यात्राका क्रममा यात्रुहरु ठगिने संभावना भएकाले उनीहरुलाई सुसूचित गरिने उनले बताए । खासगरी बसपार्क क्षेत्र र यात्रुको चाप हुने चोकहरुमा यात्रु सहायतका राखिने थापाले उल्लेख गरे ।
बुटवलमा सडक विस्तारको काममा ढिलाई हुँदा पूर्वपश्चिम राजमार्ग भएर गुड्ने सवारी साधनलाई समेत सास्ती छ । बुटवलको वेसक्यामदेखि चौराहा, मिलनचोक, अस्पताललाईन हुँदै नेपालगन्ज रोड भएर राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती भोगेका छन् । सडक निर्माणको काम नसकिएकाले एकतर्फी बाटो संचालन गरिएपछि नयाँ वर्षपार्कदेखि नेपालगंज रोडसम्म सवारी जाम हुने गरेको छ ।
सवारी साधनको चापले बुटवलमा पार्किङको समेत अभाव भएको छ । सवारी पार्किङको समाधानको लागि नयाँ बसपार्कको दक्षिणतर्फ तीन तले बहुउद्देश्यीय भवन बनाउने तयारी गरिएको बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया