

प्रथम मोतिपुर फुलबारी कप फुटबल सुरु , उद्घाटन खेलमा चौवाहको जित

राजेन्द्र खनाल,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मा आज (मंगलबार) देखि प्रथम मोतिपुर फुलबारी कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित फुलबारी खेल मैदानमा आज (मंलबार) देखि सुरु भएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका सदस्य बासुदेव घिमिरेले उद्घाटन गरेका छन् ।
मोतिपुर प्रगतिशिल युवा क्लवले बिजया देशमीको अवसरमा आयोजना गरेको प्रतियोगितामा जम्मा १६ टिम सहभागी छन् । आज सम्पन्न उद्घाटन खेलमा साइनिङ स्टार युथ क्लब बाँसगढी रुपन्देही र सिद्धार्थ गौतम युथ क्लब चौवाह कपिलव्स्तु बिच सम्पन्न भएको खेल संयोजक सन्दिप क्षेत्रीले जानकारी दिएका छन् । उद्घाटन खेलामा बासगढी बिरुद्ध एक शुन्यको जित सहित चौवाहले बिजयी सुरुवात गरेको छ । आफ्नो टिमको जितका लागि चौवाहका निरज बिकले एक गोल गरेका हुन ।
यस्तै अब भोलीको पहिलो खेल थ्री ब्रर्दस फुटबल क्लब चप्परगाउँ कपिलवस्तु र आहाना एफसी देवीनगर बुटवल बिच हुने संयोजक क्षेत्रीले जानकारी दिएका छन् । भोलीको दोस्रो खेल लब नेपाल एफसी पिपरा कपिलवतु र पारिजात पब्लीक स्कूल गोरुसिँगे बिच हुने छ । प्रतियोगिता अन्र्तगत भोलीको पहिलो खेल दिउसो १ बजे र दोस्रो खेल दिउसो ३ बजे हुने छ ।
जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने दोस्रो हुने टोलीले नगद ३० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।
यसैबिच आजको उद्घाटन कार्यक्रममा मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा जिल्ला खेलकुद विकास समितिका सदस्य बासुदेव घिमिरेको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी र मोतिपुर खानेपानी उपभोक्त तथा सरसफाई समुहका अध्यक्ष शेषकान्त बेल्वासेको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रम प्रियङ्का थारुको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया