

कपिलवस्तुमा स्वास्थ्य सेवा तर्फ बाणंगगा पहिलो बन्यो





कपिलवस्तु । कपिलवस्तु जिल्लाका दश स्थानीय तहहरु मध्ये बाणगंगा नगरपालिका स्वास्थ्य सेवा प्रवाहका हिसाबले जिल्लामै पहिलो बनेको छ ।
स्वास्थ्य कर्यालयको वार्षिक समिक्षा कार्यक्रम अन्र्तगत जिल्लाका सबै पालिका र सबै स्वास्थ्य चौकीहरुको गरिएको मूल्याङ्कनमा बाणगंगा पहिलो बनेको हो ।
गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रम अन्र्तगत स्वास्थ्य कार्यालय तौलिहवामा आयोजित कार्यक्रमबाट पहिलो बनेको बाणगंगालाई प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैबिच जिल्लाभरका स्वास्थ्य चौकी तर्फ पनि बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मोतिपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।
मूल्याङ्कनमा लिइएका करिब एक दर्जन सुचकहरु मध्ये सबै सुचकमा राम्रो अंक प्राप्त गरि मोतिपुर स्वास्थ्य चौकी पहिलो बनेको हो ।
स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेका अनुसार स्वास्थ्य चौकीबाट वर्षभरी प्रदान गरिएका स्वास्थ्य सेवाहरु जस्तै, पोषण, प्रजनन् स्वास्थ्य, नियमिति खोप कार्यक्रम लगाएतका सेवाहरु प्रभावकारी ढंगका कारण संचलन गरिएका कारण यो सफलता पाइएको बताउनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक रुपमा प्रवाह गरिएका स्वास्थ्य सेवाहरुको सार्वजनिकीकरण तथा परामर्श कार्यक्रम अन्र्तगत जिल्लाको स्वासथ्य अवस्था र पालिका र स्वासथ्य चौकीहरुको सेवा प्रवाहको अवस्थाबारे मुल्याङ्कन तथा सम्मान गरिएको हो ।
कार्यक्रम भदौ २ र ३ गते पिस हिमालयन रिर्साेटमा सम्पन्न भएको थियो ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई












प्रतिक्रिया