

महिला साफ च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत खेल्दै


काठमाण्डाै – महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेकाे हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।
नेपालको महिला टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले डेङ्गी सङ्क्रमणका कारण आजको खेलमा खेल्ने/नखेल्ने निर्णय भइसकेको छैन । त्यसअघि दिउँसो १ बजे बङ्गलादेश र भुटान खेल्दैछन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
महिला साफको इतिहासमा भारतले बङ्गलादेशसँग पहिलो पटक हार ब्यहोरेको थियो ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया