फूलबारी सामुदायिक वनको २०औँ साधारण सभा

कपिलवस्तु । फुलबारी सामुदायिक वन उपभोक्ता समूहको २०औ वार्षिक साधारण सभा बानपा ७ को सभा हल मोतिपुरमा सम्पन्न गरेको छ ।                                                                                                                                                                     सो साधारण सभामा समूहको वार्षिक प्रगतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष जयलाल गिरीले प्रस्तुत गरेका थिए साथै २०७९÷८०का लागि ५ करोड १४ लाख बराबरको अनुमानित लोकप्रिय बजेट पेश गदै वन उपभोक्ता समूहबाट अति विपन्न वन उपभोक्ता परिवारलाई ५ वटा घर निर्माण गरिने,आयआर्जनका लागी सहुलियत ऋण प्रदान,एम्बुलेन्स खरीद गर्ने,चिकित्सकद्धारा स्वास्थ्य शिविर सञ्चालन गरीने वताएका थिए ।कोषाध्यक्ष अम्वर बहादुर गुरुङ्गले आर्थिक वर्ष ०७८÷ २०७९को कुल २ करोड ४६ लाख बराबरको आय–व्यय सार्वजनिक गरेका थिए ।भने लेखा समिती सदस्य पुष्पा थापाले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
कार्यक्रमका प्रमुख अतिथी तथा सब डिभिजन वन कार्यालय मोतिपुरका सहायक वन अधिकृत विष्णु प्रसाद लामिछानेले फुलबारी सामुदायिक वनको डकुमेन्ट्री प्रस्तुत गर्दै वनको दिगो संरक्षण र सम्वद्र्धनमा सबैले आ–आपm्नो क्षेत्रबाट सहयोग पु–याउने कुरा बताएका थिए ।कार्यक्रममा पूर्व गाविस अध्यक्ष तथा जनज्योति मावि मोतिपुर विधालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रज्योति गिरी,वडाध्यक्ष विष्णु गिरी,पत्रकार बाबुराम रायमाझी,मोतिपुर खानेपानी उपभोक्ता समिती अध्यक्ष शेषकान्त वेल्वासे,वडा सदस्य हरि शंकर पौडेल,जनसेवा कृषि सहकारीका अध्यक्ष टोप बहादुर थापा,मोतिपुर प्रगती युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपाने लगायतले आ –आफनो धारणा राख्दै साधारण सभाको सफलतको शुभकामना दिएका थिए , कार्यक्रम उपाध्यक्ष कृष्ण गैरेको स्वागत सचिव मिना थापा क्षेत्रीको संचालन रहेको थियो । फुलबारी सामुदायिक वन ३ सय ६३ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा ५ सय ३० घर आवद्ध रहेका छन् ।

प्रतिक्रिया

खबर सबै