

युवाहरुको पसिनाबाट आउने रेमिटेन्सले देश चलेको छ :उप सभामुख भुषाल





कपिलवस्तु । संघीय सरकारी उप सभामुख पुष्पा भुषालले देशका युवाहरुलाई कृषि र आर्थिक क्षेत्र सँग जोडेर आत्मनिर्भर बनाउनु अहिलको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । विकासका नाममा आउने बजेट नेपालीहरुको करको पसिनाबाट आएको बजेट भएको भन्दै उहाँले नेपाली युवाहरुले विदेशमा बगाएको पसिनाबाट आउने रेमिटेन्सले बनेको राष्ट्रिय पुँजी रहेको बताउनुभयो ।
शनिबार अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १४ मा रहेको श्री गंगाजल कृषि तथा पशुविकास महिला सहकारी संस्था लिमिटेडको नवनिर्मित भवन तथा कृषि पशुउपज संकलन केन्द्रको उद्घाटन गर्दै उप सभामुख भुषालले विकासका नाममा हुने लुटतन्त्र र भ्रष्टाचार रोक्नुपर्ने पनि बताउनुभयो ।
विकासका नाममा आएका बजेटमा भ्रष्टाचार मौलाउनु गलत रहेको भन्दै उहाँले त्यस्तो अवस्थामा खबरदारी गर्नु नागरिकको दायित्व रहेको पनि बताउनुभयो । वडा भित्रका शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका आधारभूत आवश्यकता पुरा गर्न र ति कुराहरुको विकासका लागि आफुले पहल गरेको भन्दै उहाँले सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । वडामा सिमित बजेट हुने भन्दै उहाँले काम गर्ने इच्छाशक्ति धेरै भए पनि सिमित बजेटमा काम गर्नुपर्दा विकासको गति केही ढिलो भएको पनि बताउनुभयो ।
गाउँका नागरिकहरुलाई कृषि र पशुपालनका माध्यमबाट आत्मनिर्भर बनाउन सहकारी र समुहहरुले उल्लेख्य काम गरेको पनि उहाँले बताउनुभयो । त्यस्तै एक फरक प्रशंगलाई जोड्दै उप सभामुख भुषालले अर्घाखाँचीको विकासका लागि एमाले नेता टोबहादुर रायमाझीले आफुले बजेट ल्याएको भन्दै हिडेको तर कति बजेट जिल्लामा ल्याउनुभयो प्रमाण दिन नसको पनि टिप्पणी गर्नुभयो ।
कार्यक्रममा सितगंग नगरपालिकाका मेयर झविलाल पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो भने निवर्तमान मेयर सूर्य प्रसाद अधिकारी, निवर्तमान उप मेयर टिका रेश्मी, वडा नमबर १४ का वडा अध्यक्ष दामोदर न्यौपाने, नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठ, नगर सभापति मोहन पन्थी, वडा सभापति धन बहादुर पुन लगाएतको अतिथ्यता रहेको थियो ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया