

अदालतको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मा पक्राउ



दाङ – जिल्ला अदालत दाङको दुई तला माथिबाट हाम फालेर भागेका लक्ष्मण विश्वकर्मा पक्राउ परेका छन्। म्याद थपका क्रममा बिहीवार बेलुका जिल्ला अदालत कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका विश्वकर्मालाई प्रहरीले गएराति दाङको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
उनलाई बुधवार सुन चोरी आरोपमा पक्राउ गरिएकाे थियाे । बिहीवार म्याद थपका लागि जिल्ला अदालत कार्यालय लगिएको बेला उनी शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।
फरार भएलगतै डीएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सीमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया