

सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी




काठमाण्डौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। उनी विरुद्ध थप अनुसन्धान गर्न प्रक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरी परिसर काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, “मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दीप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको।”
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा लामिछानेले नाबालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।
अहिले लामिछाने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेट खेल्नका लागि सेन्ट लुसियामा छन्। त्यसअघि उनी भदौ ६ गते राष्ट्रिय टोलीसँगै केन्या गएका थिए। केन्यासँग टी(२० शृङ्खला खेलेपछि उनी सीपीएल खेल्न सेन्ट लुसिया गएका थिए।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया