साफ महिला च्याम्पियनशिप फुटबल:भारत र बङ्गलादेशकाे जित

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार भएकाे दाेस्राे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई हराएकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई तीन–शून्य गाेलले हरायाे । यस्तै पहिलाे खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो । मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गाेलले हराउँदै विजयी सुरुवात गरेको छ ।

समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान तथा समूह ‘बी’ मा भारत, बङ्ग्लादेश, पाकिस्तान र माल्दिभ्स छन् । हरेक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

खबर सबै