

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान खेल्दै

काठमाण्डाै – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ ।
खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् । समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली महिला टोलीको कप्तानका रुपमा जिम्मेवारी पाएकी एन्जिला तुम्बापो सुब्बाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताएकी छिन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया