

हाम्रो दिगो सहकारीले निःशुल्क आँखा शिविर गरि स्थापना दिवस मनाउदै, सेवा लिन अनुरोध





हरि आचार्य, कपिलवस्तु
हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविर आयोजना गरि मानवीय कार्य गर्ने भएको छ । वि.स. २०६६ सालमा स्थापना भई आर्थिक क्रियाकलापमा मात्र नभई निरन्तर रुपमा सामाजिक र मानवीय कार्य गर्दै आएको सहकारीले असोज १ गते स्थापना दिवसको अवसरमा आफ्नै कार्यालयमा निःशुल्क आखाँ शिविर आयोजना गरेको सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।
कपिलवस्तुको बाणगंगगा नगरपालिका वडा नं.२ पिपरा आफ्नै कार्यालयमा बसेको सहकारीको बैठकले वडा नं.२ वडा कार्यालयको प्राङ्गणमा उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । निःशुल्क आखाँ शिविर अन्तर्गत निःशुल्क आखाँ चेकजाँच सेवा, निःशुल्क औषधी तथा चस्मा वितरण सेवा प्रदान गरिने सहकारीले जनाएको छ । उक्त कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु र भैरव आँखा उपचार केन्द्रको सहयोग रहने बताईएको छ ।
विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थ्य लाभ लिनुहुन सम्पुर्णलाई सहकारीले अनुरोध गरेको छ ।
कार्यक्रम वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने सहकारीले जनाएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया