

नेपालले ७ विकेटले केन्यालाई हरायो: आसिफको शतक, अर्जुनको अर्धशतक

काठमाण्डाै केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएकाे छ । केन्याले दिएकाे दुई सय १९ रनकाे लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायाे ।
नेपालकाे जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय आठ रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।
यसअघि नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयाे । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन/तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक/एक विकेट लिए ।
जितसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यकाे अग्रता लिएकाे छ । शृङ्खलाकाे दोस्रो खेल भाेलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया