साफ च्याम्पियनसिपको तयारी पूरा

नेपालमा दोस्रो पटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी भएको बताएको छ ।

भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा छैटौं महिला साफ च्याम्पियनसिप हुँदैछ । प्रतियोगिताका लागि भुटान र पाकिस्तान यसअघि नै नेपाल आइसकेका छन् ।

शनिबार भारत र माल्दिभ्स प्रतियोगिता खेल्न नेपाल आउने छन् । श्रीलंका र बंगलादेश आइतबार आइपुग्ने छन् । प्रतियोगितामा ३ करोड ४७ लाख ६७ हजारभन्दा बढी रकम लाग्ने एन्फाले अनुमान गरेको छ ।

प्रतियोगितामा टिमहरूको र म्याच अफिसियलहरूको खानपिन र बसोबास खर्च साफले ब्यहोर्ने छ । खेल मैदानको तयारी, स्थानीय यातायात र अन्य स्थानीय खर्च एन्फाले ब्यहोर्ने छ । प्रतियोगिताका लागि भनेर साफले २ करोड ५० लाख एन्फालाई दिएको वरिष्ठ उपाध्यक्ष तथा मूल आयोजक समितिका संयोजक वीरबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै