कपिलवस्तु उद्योग वाणिज्य संघले निःशुल्क दन्त शिविर संचालन गर्दै

कपिलवस्तु । कपिलवस्तुको जितपुरमा भोली शनिबार निःशुल्क दन्त शिविरको आयोजनाका लागि तयारी गरिएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य सघको आयोजना , कपिलवस्तु सामुदायिक अस्पतालको सह आयोजना तथा अन्तरास्ट्रिय सिमलि फाउन्डेसन नेपाल र सिमली डेण्टल केयर प्रा.लि. बुटवल को प्रायोजनमा अन्तरास्ट्रिय सिमलि फाउन्डेसन नेपालका सन्चालिका स्वर्गीय लिला अर्यालको ४५ औ पुन्यतिथिको अवसरमा निःशुल्क दन्त शिविर आयोजना गर्न लागिएको कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ ।

दन्त शिविरमा अत्याधुनिक मेशिन द्वारा चेक जाँच गरिने भएको हुदा दात सम्बन्धि सम्पुर्ण समस्या भएका बिरामिले मौकाको फाइदा लिन पनि संघले आग्रह गरेको छ ।

शनिबार बिहान १० बजे देखि कपिलवस्तु सामुदायिक अवस्पताल चार नम्बर सिद्धीपुरमा शिविर संचालन हुने जनाइएको छ ।

प्रतिक्रिया

खबर सबै