

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डमा पहिरो खसेपछि यातायात ठप्प




पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डमा फेरि पहिरो खसेको छ । तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ ।
यात्रु बीच बाटोमै अलपत्र परेका छन् । हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गएराति दुई ठाउँमा पहिरो खसेपछि पूर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेको छ । माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिनुभयो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया