

कांग्रेस रुपन्देही ५ बाट भरत शाहको एकल सिफारिस



बुटवल । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदारमा एकल सिफारिस भएका छन् ।
सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई प्रत्यक्षमा एकल सिफारिस गरिएको क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए । समानुपातिकमा ८ जना सिफारिस भएका छन् । समानुपातिक तर्फ डा. अनिता शाह ढुंगाना, देबिप्रसाद शर्मा जैशी, खडानन्द खनाल, कमलप्रकाश भुसाल, गोबिन्द शर्मा चालिसे, डोलबहादुर थापा, डिल्लीप्रसाद ज्ञवाली, यमबहादुर खत्री र योगेन्द चौधरी रहेको उनले जानकारी दिए ।
२०५६ सालमा शाह विजयी भएको यो क्षेत्रमा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्वर्गीय नेता रामनाथ ढकालले पराजित गरेका थिए । ०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तै छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया