जसपा छोडेका कपिलवस्तुका चौधरी बने नेसपाको केन्द्रीय उपाध्यक्ष

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि नयाँ दलको रुपमा नेपाल समाजवादी पार्टीको गठन गरेका डा. बाबुराम भट्टराईले कपिलवस्तुका नेता दानबहादुर चौधरीलाई केन्द्रीय उपाध्यक्षमा चयन गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका चौधरी डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् । उनी यस अघि जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश इन्चार्ज थिए ।

जसपा परित्याग गरी डा. भट्टराईको नेतृत्वमा हालै नेपाल समाजवादी पार्टी गठन भएको हो । ०६२÷०६३ सालको मधेस आन्दोलनमा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा आवद्ध चौधरी ०६४ सालको पहिलो संविधानसभामा सोही पार्टीबाट क्षेत्र नं. २ को सभासद बनेका थिए ।

०७० सम्म आईपुग्दा चौधरी तमलोपा परित्याग गरी तत्कालिन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा क्रियाशिल बने । उक्त पार्टी परित्याग गरी संविधान जारी भए पश्चात डा. भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा चौधरी सामेल हुँदै उनी जसपा र हाल नेसपा मा पुगेका हुन ।

प्रतिक्रिया

खबर सबै