

जसपा छोडेका कपिलवस्तुका चौधरी बने नेसपाको केन्द्रीय उपाध्यक्ष





कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि नयाँ दलको रुपमा नेपाल समाजवादी पार्टीको गठन गरेका डा. बाबुराम भट्टराईले कपिलवस्तुका नेता दानबहादुर चौधरीलाई केन्द्रीय उपाध्यक्षमा चयन गरेका छन् ।
पूर्व मन्त्री समेत रहेका चौधरी डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् । उनी यस अघि जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश इन्चार्ज थिए ।
जसपा परित्याग गरी डा. भट्टराईको नेतृत्वमा हालै नेपाल समाजवादी पार्टी गठन भएको हो । ०६२÷०६३ सालको मधेस आन्दोलनमा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा आवद्ध चौधरी ०६४ सालको पहिलो संविधानसभामा सोही पार्टीबाट क्षेत्र नं. २ को सभासद बनेका थिए ।
०७० सम्म आईपुग्दा चौधरी तमलोपा परित्याग गरी तत्कालिन विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा क्रियाशिल बने । उक्त पार्टी परित्याग गरी संविधान जारी भए पश्चात डा. भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा चौधरी सामेल हुँदै उनी जसपा र हाल नेसपा मा पुगेका हुन ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया