कपिलवस्तुमा होटलको अभाव, लाइसन्स परीक्षा दिनेहरुले पाएनन् कोठा

राजेन्द्र खनाल, कपिलवस्तु । शिक्षक सेवा आयोगद्धारा लिन लागिएको अधारभूत तह (निमावि) को अध्यापन अनुमति पत्र (लाइसन्स) को परिक्षाका लागि कपिलवस्तुमा आएका विद्यलार्थीहरु कोठा नपाएर सास्ती खेप्न बाध्य भएका छन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कपिलवस्तुमा परीक्षा केन्द्र परी शनिबार बिहान हुने परीक्षामा सहभागी हुन आएका परीक्षार्थीहरु आज बाणगंगामा बस्ने कोठा नहुँदा समस्यामा परेका हुन ।
अन्तरजिल्लाबाट आउने त्यस्ता परीक्षार्थीहरु बाणगंगामा करिब ४ हजार २ सय ५० परीक्षार्थीले परीक्षा दिदै छन् ।

बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमूख खिमबहादुर जि.सी. का अनुसार अध्यापन अनुमति पत्र परीक्षाका लागि कपिलवस्तुमा जम्मा ४२ विद्यालयलाई परीक्षा केन्द्र कायम गरीएको छ भने बाणगंगामा मात्रै १८ विद्धालय कायम गरीएकाे छ । एक विद्यालय बराबर २५० परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा शनिबार भोली बिहान ८ बजे देखि सुरु हुँदै छ । जम्मा १ घण्टाको परीक्षा दिन विभिन्न जिल्लाबाट कपिलवस्तुमा आएका परीक्षार्थीहरु बस्ने बास नपाउने स्थितिमा रहेका छन् ।

बाणगंगा सहित कपिलवस्तुमा होटलको संख्या कमी भएका कारण परीक्षार्थीहरुले चर्काे मुल्य तिरेर भए पनि केहीले कोठा पाएका छन भने अधिकाशं बस्न नपाउने स्थिति बनेपछि नगरपालिकाको शिक्षा शाखा र विभिन्न संघ संस्थाले अस्थायी बसाई व्यवस्थापन गरी विद्यार्थीको बसाईको प्रबन्ध मिलाएको नगरपालिकाका शिक्षा शाखा प्रमूल जिसीले ई शाझाकुरासँग बताउनुभयो । तत्कालका लागि ईलाका प्रहरी कार्यालय पिपरा मातहतको जितपुर विटमा सम्पर्क गरी बस्ने व्यवस्थापन मिलाइएको उहाँको भनाई छ । यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघ, नागरिक समाज कपिलवस्तु, लगाएतका संस्था सहितले परीक्षार्थीको बसाइका लागि व्यवस्थान गरेको जनाएका छन् ।

यसैबिच यता नगर शिक्षा शाखा प्रमूख खिमबहादुर जि.सीले शिक्षक अधयापन अनुमति पत्रको परीक्षा केन्द्र अव्यवहारिक र हचुवाको पारामा तोकिदा परीक्षर्थीलेल दुःख पाएको बताउनुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । १ घण्टाको परीक्षालाई ३ दिन खर्च गर्नुपर्ने र परीक्षा केन्द्र रहेका स्थानमा आवासको अभावले परीक्षार्थीहरुले धेरै दुःख र सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया

खबर सबै