

ईप्रका पिपराबाट इन्सपेक्टर जोशीको सरुवा



असोज ६ कपिलवस्तु
कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी निरिक्षक (इन्सपेक्टर) आयुष प्रसाद जोशीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरबाट गरेको ४८८ ईन्स्पेक्टरहरु मध्ये जोशीको पनि सरुवा भएको हो । उनलाई महानगरिय अपराध महाशाखा टेकु काठमाडौमा तानिएको छ । यस्तै पिपरामा महानगरिय प्रहरी वृत्त गौशालाबाट दिनेश गुरुङ पिपरामा सरुवा हुनुभएको छ ।
यसैबिच ईलाका प्रहरी कार्यालय पकडी, ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत ईन्स्पेक्टरहरु पनि सरुवा सूचीमा परेका छन् ।
उता यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।
इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया