

कपिलवस्तुमा ३२ हजार बढीले लिए एक वर्षमा नागरिकता





कपिलवस्तु । कपिलवस्तुमा गत आर्थिक वर्ष २०७८–०७९ मा ३२ हजार ८०४ जनाले नागरिकता बनाएका छन। जसमध्ये २९ हजार ३९० जनाले बंशजको नागरिकताको प्रमाण पत्र लिएका छन।
यस्तै वैवाहिक अंगीकृत ३ हजार ४ सय जनाले र अंगीकृत १४ जनाले नागरिकता बनाएका हुन। यस्तै प्रतिलिपी नागरिकताको प्रमाण पत्र १० हजार ६१२ जनाले बनाएका छन। प्रशासन कार्यालयको प्रशासन फाट अनुसार एक वर्षमा ६ हजार ६७७ जनाको राहदानी वितरण गरिएका छन।
यस्तै द्रुत राहदानीका लागि २ हजार ८७० जनाले सिफारिस लगेका छन। नागरिकता जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटा बन्ने गरेको छ। राहदानी भने जिल्ला प्रशासन कार्यालयमा मात्र बन्ने गरेको छ। राष्ट्रिय परिचय पत्रका कारण जिल्लामा नागरिकतामा बनाउनेको भीड नै लाग्ने गरेको छ। राष्ट्रिय परिचय पत्र, नागरिकता र राहदानीका लागि छुट्टाछुट्टै फाटको ब्यवस्था गरिएका छन।
नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रका लागि लाग्ने गरेको भीडका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ। सेवाग्राहीको चापका कारण नागरिकतामा कुपन र राहदानीका लागि अनलाईनबाट कुपन लिई पालो कुर्नु पर्ने ब्यवस्था गरिएको छ।
प्रजिअ धर्मेन्द्र कुमार मिश्रले सेवाग्राहीलाई चाडो र प्रभावकारी सेवा दिने सोच भए पनि कर्मचारी अभाव र सेवाग्राहीको चोपले गर्दा गाह्रो परेको बताए। उनले सकेसम्म चाडो सेवा दिन सबै फाटका प्रमुखलाई निर्देशन दिएको बताए।
नागरिकता सम्बन्धी विधेयक पास भए पछि अब प्रशासन कार्यालयमा नागरिकताकालागि झनै भिड हुने देखिएको छ। पत्रकार किरणमान बज्राचार्यले नागरिक न्यूजमा समाचार लेखेका छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया