

बुटवलका एक रेष्टुराँ सञ्चालकलाई आय कर र भ्याट छलीको मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले बुटवलको एक रेष्टुराँका सञ्चालकलाई आय कर र भ्याट छलि आरोपमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुलसीपुरमा रुपन्देहीको साझा रेष्टुराँ सञ्चालकविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।
रेष्टुराँका सञ्चालकद्वय प्रकाश यादव र विष्णु यादवले राजश्व चुहावट गरेको विभागको विज्ञप्तिमा उल्लेख छ । ‘आरोपीहरुले आफ्नो र्फमका सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगरी, मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरी, भ्याट दाखिला गर्नुपर्नेमा सो नगरी कारोबार समेत लुकाई कारोबारबाट प्राप्त रकममध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर, ठूलो परिमाणको विक्रीलाई कारोबार भन्दा बाहिर राखी आयकर तथा मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको पाइयो,’ विभागले विज्ञप्तिमा भनेको छ, ‘उनीहरुले ५१ लाख ४१ हजार आयकर र मूल्य अभिवृद्धि करतर्फको ५६ लाख ९४ हजार रुपैयाँ गरी एक करोड ८ लाख बिगो कामयम गरिएको छ ।’
विभागले उनीहरुलाई हदैसम्मको कैद र ब्याज समेत असूल गर्न र मोटरसाइकल जफत गर्न पनि अदालतमा मागदाबी गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया