
बुटवलका एक रेष्टुराँ सञ्चालकलाई आय कर र भ्याट छलीको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुटवलको एक रेष्टुराँका सञ्चालकलाई आय कर र भ्याट छलि आरोपमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुलसीपुरमा रुपन्देहीको साझा रेष्टुराँ सञ्चालकविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।
रेष्टुराँका सञ्चालकद्वय प्रकाश यादव र विष्णु यादवले राजश्व चुहावट गरेको विभागको विज्ञप्तिमा उल्लेख छ । ‘आरोपीहरुले आफ्नो र्फमका सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगरी, मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरी, भ्याट दाखिला गर्नुपर्नेमा सो नगरी कारोबार समेत लुकाई कारोबारबाट प्राप्त रकममध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर, ठूलो परिमाणको विक्रीलाई कारोबार भन्दा बाहिर राखी आयकर तथा मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको पाइयो,’ विभागले विज्ञप्तिमा भनेको छ, ‘उनीहरुले ५१ लाख ४१ हजार आयकर र मूल्य अभिवृद्धि करतर्फको ५६ लाख ९४ हजार रुपैयाँ गरी एक करोड ८ लाख बिगो कामयम गरिएको छ ।’
विभागले उनीहरुलाई हदैसम्मको कैद र ब्याज समेत असूल गर्न र मोटरसाइकल जफत गर्न पनि अदालतमा मागदाबी गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया