

नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड १६ रनले विजयी

काठमाण्डौ । नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो ।
जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । उसका बास डे लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
न्युजिल्यान्डका ब्लेयर मार्शल टिकनरले ४ तथा बेन्जामिन भिन्सेन्ट सियर्सले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । उसका मार्टिन गुप्टीलले सर्वाधिक ४५ रन जोडे ।
नेदरल्यान्डका लोगान वर्जुस र सरिज अहमदले २र२ विकेट लिए । नेदरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । दोस्रो तथा निर्णायक खेल आज हुँदैछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया