कोइलीले बगाएका बिरबहादुर मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुको कोइली नदिले मंगलबार बिहान बगाएर बेपत्ता भएका बिरबहादुर सुनारको शव बुधबार (आज) बिहान फेला परेको छ । नदिले बगाएको स्थान देखि करिब ४ किलोपमिटरको दुरीमा उनको खोजीकार्यका क्रममा बिहान शव भेटिएको हो ।

सुनारकी श्रीमति राममाया सुनारको भने मंगलबार नै मृत अवस्थामा शव भेटिएको थियो । उनका १२ वर्षीय छोरा निरज भने बाच्न सफल भएका थिए ।

ईलाका प्रहरी कार्यालय पिपराले दिएको जानकारी अनुसार ३१ वर्षीय बिरबहादुर र उनकी श्रीमति राममाया सहित छोरा निरज मंगलबार बिहान जंगली साग निउरो टिप्न कोइली नदिमा गएका बेला बाढीले बगाएको थियो ।

नदिले बगाएका श्रीमान–श्रीमति मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु के.सीले ईसाझाकुरालाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै