

थप २ जना सङ्क्रमितकाे ज्यान गयाे, एकै दिन ७ सय १० जनामा काेराेना पुष्टि


काठमाण्डाै
काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई जना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा काेराेनाका कारण दुई जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार २५ जनाको नमुना परीक्षण गर्दा सात १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सात सय १० जनासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ३६ जना पुगेको छ । यही अवधिमा दुई सय १५ जना सङ्क्रमित निको भएका छन् ।
२४ घण्टामा ५९ हजार चार सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया