

नेपालको लगातार दोस्रो जित : श्रीलङ्का ३–० ले पराजित

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक/एक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।
हिजो भएको अर्को खेलमा भारत बङ्लादेशसँग २–१ गोलले पराजित भयो । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । श्रीलङ्काको यो लगातार दोस्रो हार हो।
पहिलो खेलमा श्रीलङ्का बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतवार र अन्तिम खेलमा बङ्लादेशसँग मङ्गलवार खेल्नेछ ।
फाइनल खेल अर्को शुक्रवार हुनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया