कपिलवस्तुमा वन नियमावली जलाईयो

कपिलवस्तु । सामुदायिक वन उपभोक्ता समिति कपिलवस्तुले मंगलबार वन नियमावली २०७९ खरेजीको माग गर्दै नियमावली नै जलाएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ लक्ष्मणघाटमा आयोजना गरेको रेडप्लस उत्सर्जन न्यूनिकरण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको भेलाले वन नियमावली २०७९ ले समुदायिक वनको हक अधिकार, महिला आरक्षण तथा आदिवासी जनजातीको अधिकार कटौती गरेको भन्दै यसको खारेजीको माग गरेका छन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय महासचिव ठाकुर भण्डारीले राज्यका महत्वपुर्ण अंगमा सामुदायिक वनको अधिकार, काम कर्तव्य खोस्दै समुदायको हित विपरित केही ठेकेदार र वन माफियाको पक्षमा नियमावली आएको भन्दै महासंघ यसको निरन्तर विरोधमा लागेको बताए ।

महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्ठराईले तत्काल नियमावली सच्याउनुपर्ने भन्दै सबैलाई आन्दोलनमा एक्केबद्धता जनाउन आग्रह गरेका थिए । उता कार्यक्रममा उपभोक्ता महासंघ कपिलवस्तुका सचिव गोपाल गिरीले जलवायु परिवर्तन, रेड कार्बन र नयाँ अवधारणका विषयमा आफ्ना विचार राखेका थिए ।

 

प्रतिक्रिया

खबर सबै