

कपिलवस्तुमा वन नियमावली जलाईयो



कपिलवस्तु । सामुदायिक वन उपभोक्ता समिति कपिलवस्तुले मंगलबार वन नियमावली २०७९ खरेजीको माग गर्दै नियमावली नै जलाएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ लक्ष्मणघाटमा आयोजना गरेको रेडप्लस उत्सर्जन न्यूनिकरण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको भेलाले वन नियमावली २०७९ ले समुदायिक वनको हक अधिकार, महिला आरक्षण तथा आदिवासी जनजातीको अधिकार कटौती गरेको भन्दै यसको खारेजीको माग गरेका छन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय महासचिव ठाकुर भण्डारीले राज्यका महत्वपुर्ण अंगमा सामुदायिक वनको अधिकार, काम कर्तव्य खोस्दै समुदायको हित विपरित केही ठेकेदार र वन माफियाको पक्षमा नियमावली आएको भन्दै महासंघ यसको निरन्तर विरोधमा लागेको बताए ।
महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्ठराईले तत्काल नियमावली सच्याउनुपर्ने भन्दै सबैलाई आन्दोलनमा एक्केबद्धता जनाउन आग्रह गरेका थिए । उता कार्यक्रममा उपभोक्ता महासंघ कपिलवस्तुका सचिव गोपाल गिरीले जलवायु परिवर्तन, रेड कार्बन र नयाँ अवधारणका विषयमा आफ्ना विचार राखेका थिए ।


खबर सबै
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु







प्रतिक्रिया