

नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित



काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल आठ विकेटले पराजित भएकाे छ ।
नेपालले दिएकाे एक सय २९ रनकाे सामान्य लक्ष्य स्कटल्यान्डले १९ ओभरमा मात्र दुई विकेट गुमाएर भेटायाे । स्कटल्यान्डका लागि कलुम म्याकलिओडले ६४ रन बनाए । यस्तै किले काेटजेरले नटआउट ४४ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र साेमपाल कामीले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०/१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले सात/सात तथा कुशल भुर्तेलले तीन रन बनाए । आरिफ शेखले खाता पनि खोल्न सकेनन् ।
स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टाेफर म्याकब्राइटले एक विकेट लिए ।
यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । तर नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ ।
नेपाल २० खेलमा १७ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । स्कटल्यान्ड २४ खेलमा ३४ अङ्कसहित दाेस्राे र नामिबिया १८ खेलमा १८ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया