
लुम्बिनी प्रदेश : मन्त्रालयका नाम फेरिए

रुपन्देही । लुम्बिनी प्रदेशमा केही मन्त्रालयको नाम र कार्यक्षेत्र हेरफेर भएको छ ।
शुक्रबार बसेको मन्त्रिपिरषद् बैठकले अर्थ तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालयको नामलाई विगतभन्दा छोट्याएको छ । यसअघि कानून महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानुन कार्य विभाजन अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा थप गरिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयको पनि नाम परिवर्तन गरिएको सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले बताए । बैठकले प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र जगदिशपुर बर्ड सेङ्चुरी (पंक्षी आरक्ष) कार्ययोजना व्यवस्थापना योजना स्वीकृत गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालय प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम तथा यातायात व्यवस्था मन्त्रालय कार्यरत सचिव दीपकराज नेपाललाई जिम्मेवारीसहित कामकाज गर्न दिने निर्णय भएको मन्त्री शर्माले बताए । बैठकले प्रदेश प्रशिक्षण आदेश २०७८ खारेज गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघियता बलियो बनाउन आवश्यक परे संघर्ष गर्ने बताएका छन । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सोमबारदेखि देशभरका आन्तरिक मामिला मन्त्रालय समालेका मन्त्रीहरूको भेला हुने बताउदै प्रदेशलाई अधिकार दिन संघ सरकारलाई दबाब दिने बताए । प्रदेशमा वित्तीय, प्रहरी र कर्मचारी नहुदा बजेट कार्यान्वयन गर्न नसकिएको बताउँदै अब अधिकार नदिए संघर्ष गर्ने बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक







प्रतिक्रिया