लुम्बिनी प्रदेश सरकारबाट पाँच पत्रकारलाई सम्मान

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले प्रदेशका पाँच जना उत्कृष्ट पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलेले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान सम्मानित भएका छन् । यस्तै कपिलवस्तुका पत्रकार डिलाराम भुसाल सहित सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, र प्रेम विकलाई पनि सरकारले नगद पुरस्कार सहित सम्मान गरेको हो ।

अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपर्यन्त) लाई जनही ५० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै रुपन्देहीकी सञ्जु पौडेल, कपिलबस्तुका डिलाराम भुसाल र बर्दियाका प्रेम विकलाई पनि जनही ५० हजार नगद पुरस्कार, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारले २० वर्ष काम गरेका अग्रज एकजना र सिर्जनसिल तीन जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पत्रकारलाई प्रत्येक वर्ष एक जना पत्रकारलाई अघिल्लो वर्षदेखि सम्मान गर्न सुरु गरेको हो ।

प्रतिक्रिया

खबर सबै