

कोइलीचौर सामुदायिक बनको २० हेक्टर क्षेत्रफलमा बृृहत वृक्षरोपण थालियो





कपिलवस्तु । कपिलवस्तुको सबैभन्दा पुरानो सामुदायिक वनको रुपमा रहेको बाणगंगा ९ मा स्थित कोइलीचौर साना किसान सामुदायिक बन उपभोक्ता समुहले आज देखि बृहत वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।
मंगलबार (आज) कोइलीचौर सामुदायिक बनको आयोजना तथा डिभिजन वन कार्यालय कपिलवस्तुको प्राबिधिक सहयोगमा कृषि तथा बृहत्तर हरियाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको वन कार्यसमितिका अध्यक्ष हरिराज घिमिरेले जानकारी दिनुभएको छ ।
कोइलीचौर साना किसान सामुदायिक बनको नदीको बहाव परिवर्तन पछि बगर क्षेत्रमा परिणत भएको खाली क्षेत्रको करिब २० हेक्टर क्षेत्रफलमा टिक, मसला, खयर, बाँस, जस्ता विभिन्न प्रजातिका २४ हजार ५ सय २० बिरुवा रोपिएको हो । आज वन क्षेत्रमै आयोजना गरिएको वक्षरोपण कार्यक्रमको उद्धघाटन गर्दै वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले वृक्षरोपण गरेर मात्र नहुने बताउनुभयो । उहाँले यसको संरक्षण र उचित गोडमेलका लागि पनि डिभिजन वन कार्यालय र सवडिभिजन वन कार्यालयले वन समितिलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका निमित्त जिल्ला बन अधिकृत मदन मोहन स्यान्डिल्यले वन क्षेत्र भित्रको खाली जमिनको सदुपयोग गरी वनलाई हराभरा बनाउने उद्धेश्य स्वरुव डिभिजन वन कार्यालयले यसपटक जिल्लाका अन्य विभिन्न सामुदायिक वनहरुमा बृहत वृक्षरोपणको कार्यक्रम गरेको जानकारी दिनुभएको छ । मानवीय अतिक्रमित क्षेत्रमा समेत वृक्षरोपण गरी ति जग्गा वनको मातहतमा ल्याएको उहाँको भनाइ थियो ।
यस्तै सब डिभिजन वन कार्यालय गोरुसिंगेका प्रमुख बसन्त थापा, वडा नं ९ का वडा अध्यक्ष कमल पौडेल, भलवाड स्थित विभिन्न समुदायिक वनका अध्यक्षहरु, विद्यार्थी, बनका उपभोक्ता लगायतले सामुहिक बृक्षारोपण गरी आज कार्यक्रमको सुभारम्भ गरेका थिए ।
कार्यक्रममा वडा सदस्य चुरामणि अर्याल ,बैज्ञानिक बन व्यवस्थापन संजाल लुम्बिनी प्रदेशका संयोजक दिपक कुमार थापा लगाएतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
जिल्लाकै जेठो तथा उत्कृष्ट नमुना योग्य कोइली चौर सामुदायिक बनको प्रसंसा गर्दै बनको संरक्षण र दिगो बन बिकास संगै बातावरणिय प्रभाव न्यूनीकरणको लागि बनको आवश्यकता रहनुको साथै बनले सिंगो वडालाइ संरक्षण गर्ने हुँदा बृक्षारोपण कार्यक्रम जरुरी रहेकोे कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । कोइली चौर साना किसान सामुदायिक बनका अध्यक्ष हरिराज घिमिरेले बृक्षारोपण कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा वनका अध्यक्ष हरिराज घिमिरेको अध्यक्षता तथा उपाध्यक्ष देब बहादुर मगरको स्वागत कोषाध्यक्ष कुन्तामणि भुसाल र सचिव माधुरी गिरिको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया