
प्रदेश सरकार परिवर्तनको असर लुम्बिनीमा कति ?

रुपन्देही । बागमती प्रदेशमा सत्तारुढ गठबन्धनभित्रै सत्ता परिवर्तनको खेल सुरु भएको छ । तर बागमती प्रदेश सरकार परिवर्तनको खेलको असर लुम्बिनी प्रदेशमा भने देखिएको छैन । गठबन्धन सरकार बन्दा सुरुमा लुम्बिनी प्रदेशमा पनि आलोपालो सरकार चलाउने भद्र सहमति भएको थियो ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरे पनि अहिले गठबन्धन दलहरूबीच सम्बन्ध मजबुत भएकाले सत्ता परिवर्तनको खेल सुरु नभएको गठबन्धन घटकका नेताहरु बताउँछन् ।
लुम्बिनी प्रदेशका गठबन्धन दलहरूलाई केन्द्रबाट सरकार परिवर्तनको निर्देशन नआउँदासम्म वर्तमान सरकारले नै निरन्तरता पाउने उनीहरुको भनाइ छ । बागमती प्रदेशको लफडाले लुम्बिनी प्रदेशमा अहिले कुनै समस्या नपार्ने नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँनले दाबी गरेका छन् । हरेक प्रदेशमा छुट्टाछुट्टै सम्झौता गरेर गठबन्धनको सरकार बनेको भन्दै उनले लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन नहुने पनि जिकिर गरे ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको विषयमा गठबन्धनबीच कुनै चर्चा नभएको बताए । उनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध भएर सरकारको कामलाई प्रभावकारी रूपमा लैजाने सोचिरहेको दाबी गरे ।
लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन सरकार छ । अहिले एमालेले पनि सत्ता परिवर्तनको विषयमा ध्यान नदिएको एमालेका लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताएका छन् ।
लुम्बिनी प्रदेशमा गत वर्ष शंकर पोखरेल नेतृत्वको सरकारलाई हटाएर गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनेको हो ।
अहिले यही सरकारले नै नयाँ आर्थिक वर्षको बजेट समेत ल्याइसकेको छ भने बजेट कार्यान्वयनलाई पनि प्रभावकारी ढङ्गले लैजाने दाबी गरेको छ । तर अन्य प्रदेशमा सरकार परिवर्तनका स्वरहरु उठिरहँदा लुम्बिनी प्रदेशमा पनि केसी नेतृत्वको सरकार कतिबेला परिवर्तन हुन्छ भन्ने धेरैको चासो छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया