

खाडलमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

दाङ । दाङमा पुल बनाउन खोलामा खनेको खाडलमा डुबेर एकजना ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका ८ निवासी रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उनको शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका(१ राङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
रिनाका पति सोही गाउँपालिकास्थित अग्नि सिमेन्ट कम्पनीमा काम गर्दै आएको र पतिसँग भेट्न गएको समयमा आमासँगै कपडा धुन र नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको हो। मृतक बालिकाको पोस्टमार्टमको लागि लमही अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया