

खाडलमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु



दाङ । दाङमा पुल बनाउन खोलामा खनेको खाडलमा डुबेर एकजना ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका ८ निवासी रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उनको शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका(१ राङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
रिनाका पति सोही गाउँपालिकास्थित अग्नि सिमेन्ट कम्पनीमा काम गर्दै आएको र पतिसँग भेट्न गएको समयमा आमासँगै कपडा धुन र नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको हो। मृतक बालिकाको पोस्टमार्टमको लागि लमही अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया