

किशोर–किशोरी मैत्री स्वस्थ्यका लागि मोतिपुर स्वास्थ्य चौकीमा अभिमुखिकरण





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मोतिपुर स्वास्थ्य चौकी चप्परगाउँमा किशोर किशोरी मैत्री अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न गरिएको छ ।
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी किशोर किशोरी मैत्री अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य संस्था तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बद्ध सरोकारवालाहरु सहित विभिन्न विद्यालयका किशोर किशोरी, महिला स्वास्थ्य स्वयमसेवीका, जनप्रतिनिध, शिक्षक तथा संचारकर्मीहरुको उपस्थितिमा अभिमुखिकरण गरिएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभएको छ ।
कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीबाट प्रदान गरिदै आएका विभिन्न स्वास्थ्य सेवा सहित किशोर किशोरी मैत्री स्वास्थ्य जाँच र परामर्श सेवाका सुचकहरुमाथि केन्द्रित रही अभिमुखिकरण गरिएको थियो भने स्वास्थ्य चौकीबाट किशोर किशोरीहरुका लागि दिनुपर्ने सेवाहरुको विस्तारका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय समेत भएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता रहेको कार्यक्रममा कार्यपालिका सदस्य शारदा परियार, बाणगंगा मावि लौगाईका प्रधानाध्यापक कुलराज पौडेल, वडा सदस्य शैलेन्द्र बेल्वासे, बाणगंगा नगर स्वास्थ्य शाखा संयोजक ठगराज पौडेल, जनस्वास्थय कार्यालयका सहजकर्ता प्रवास पन्थी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य र किशोर किशोरी मैत्री स्वास्थ्य सेवा र परामर्शका लागि स्वास्थ्यकर्मीहरु सँगै शिक्षक, विद्यालय, जनप्रतिनिधी र समुदाय समेत प्रतिबद्ध भई लाग्नुपर्ने विषयमा जोड दिइएको छ । सहभागी किशोर किशोरीहरुले आफुहरुले स्वास्थ्य संस्थाबाट र विद्यालयबाट पाएका सेवा तथा सुविधाका विषयमा निर्दिष्ट सुचकमाथि आफ्नो राय पेश गरेका थिए ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया