वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं                                                        एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।

तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।                                समूह चरणमा ४ खेल मध्ये ३ खेल जित हार पारेको नेपाल अन्तिम खेलमा भने हङकङ सगँ पराजित भएको थियो । हङकङ सगँको हार नेपाललाई महँगो पर्यो ।

प्रतिक्रिया

खबर सबै