

संविधान दिवसका अवसरमा गरियो जनसेवामा वृक्षरोपण


असोज २ कपिलवस्तु
नेपालको संविधान कार्यान्वयन र जनताका अधिकार सुनिच्ति गर्ने दिशामा वर्तमान सरकार लागिपरेको राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनुभएको छ । आठौ राष्ट्रिय विज्ञान दिवस तथा छैठौँ संविधान दिवसको अवसरमा कपिलवस्तुको वाणगंगा ८ उदयपुर स्थित जनसेवा आधारभूत विद्यालयमा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले जुनसुकै पार्टी सत्तामा रहे पनि संविधानका विषयवस्तु र अन्तरवस्तुमाथि आँच आउने काम गर्न नहुने पनि बतउनुभयो । उहाँले वर्तमान सरकार संविधान कार्यान्वयन सँगै विभिन्न ऐन कानुन निर्माण गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा जनताबिच दिर्घकालिन विकासका योनजा बनाउने काममा केन्द्रित भएको पनि दावी गर्नुभयो ।

जनसेवा आधारभूत विद्यालयले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा आज झण्डै ५० बढि धुपि र अशोक जातका विरुवा रोपिएको छ । यस अघि पनि विद्यालयको सुन्दरीकरणका लागि विद्यालयका शिक्षक कर्मचारीले विभिन्न जातका फुलका विरुवा रोपेका थिए । वडा कार्यालयको सहयोगमा विद्यालयले सो विरुवा रोपेको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले बताउनुभयो ।

कार्यक्रममा राष्टिय सभा सदस्य घिमिरे सँगै वडा अध्यक्ष गुणानिधि भुषाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पार्वता थापा, शिक्षक अभिभावक संघ अध्यक्ष दुर्गा रेग्मी लगाएत व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु तथा विद्यालयका शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया