

तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार , दुई युवक पक्राउ, दुई जना अझै फरार





दाङ । दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका(९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दोघरेकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तुलसीपुर उपमहनगरपालिका(५ की २५ वर्षीया ती युवतीमाथि असार २ गते राति ९ बजे बलात्कार भएको हो। पीडित युवतीको मनस्थिती सुस्त भएको प्रहरीले जनाएको छ।
उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलात्कार गरेको खुलेको हो।
पीडितलाई कमल चौधरी फकाएर लगेका थिए। उनले आफ्ना तीन जना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ।
घटनापछि पीडित युवती घर फर्किएपछि घटनाबारे बाहिरिएको हो। आफन्तले उनीमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
परिवारले चार जना विरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन्।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया