

एएफसी एसियन कप छनोटमा नेपालको लज्जास्पद हार



काठमाण्डौ । एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग ७–० गोलले पराजित भएको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा फराकिलो गोल अन्तरसहित हार बेहोरेको हो ।
कुवेतको जाबिर अल अहमद मैदानमा नेपालले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ५ गोल खायो । सुमन अर्यालले खराब ट्याकल गरेपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ ले पराजित भएको थियो ।
छनोटका ३ खेलमा नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतसँगको खेलमा गरेका थिए । यो समूहमा ९ अङ्कका साथ जोर्डन शीर्षस्थानमा, ६ अङ्कसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । नेपालले अङ्कविहीन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया